२०८३ जेष्ठ २१ बिहीबार

बाइडेनलाई महाभियोग लगाउनेबारे अनुसन्धान प्रस्ताव पारित

काठमाडौं । अमेरिकी तल्लो सदनले राष्ट्रपति जो बाइडेनविरुद्धको महाभियोगसम्बन्धी अनुसन्धानलाई औपचारिकता दिने पक्षमा मतदान गरेको छ ।

यससँगै अब रिपब्लिकनहरूलाई प्रमाण संकलन गर्न र कानुनी माग राख्न थप सहज हुने भएको छ ।

रिपब्लिकनको नेतृत्वमा रहेका तीन संसदीय समितिले उपराष्ट्रपति हुँदा बाइडेनले भ्रष्टाचार र घुसखोरी गरेको आरोप लगाएको छ । तर, हालसम्म प्रमाण संकलन भएको छैन । बाइडेनले आफ्ना विरोधीले झुटको आक्रमण गरिरहेको बताएका छन् ।

बाइडेनको डेमोक्रेटभन्दा संसद्‌मा आठ सिट बढी रहेको रिपब्लिकनको प्रस्तावको पक्षमा २२१ मत र विपक्षमा २१२ मत परेको थियो ।

यससँगै संसद्ले बाइडेनमाथि महाभियोगको प्रस्ताव अघि बढाउनसक्ने सम्भावना बलियो भएको छ । ४३५ सिट रहेको अमेरिकी तल्लो सदनमा रिपब्लिकनका २२१ सांसद र डेमोक्रेटका २१३ सांसद रहेका छन् ।

२०८० मंसिर २८, बिहीबार प्रकाशित 0 Minutes 286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।