२०८१ जेष्ठ ६ आईतवार

पहिचानवादीले देखाए ओलीलाई कालो झण्डा, एक दर्जन बढी पक्राउ

भोजपुरमा पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । भोजपुरको सदरमुकाम भोजपुर बजारबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् ।

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालयअगाडि विरोध प्रदर्शनसमेत गरेका छन् । कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
समाजवादी नेपालका सदस्य तथा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले​का अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास रहेका छन् । यस्तै धनकुटामा बन्द गर्दै हिँड्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ रहेका छन् ।

उनीहरूलाई धनकुटा र भोजपुरको सीमवर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

२०८० मंसिर २८, बिहीबार प्रकाशित 0 Minutes 144 Views

ताजा समाचार