२०८१ जेष्ठ ६ आईतवार

बुद्धशान्तिबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, २६ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थितमा मे-९ प ५०९२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक मेचीनगर–१३ की ३८ वर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागु औषधसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

२०८० मंसिर २६, मंगलवार प्रकाशित 1 Minute 132 Views

ताजा समाचार