२०८१ असार ३१ सोमबार

एनएसएलमा झापाको पहिलो जित

२६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसीले पहिलो जित हात पारेको छ ।

लिगमा आफ्नो पाँचौं खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० ले हराउँदै झापाले पहिलो जित दर्ता गरेको हो । लिगको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग हारेको झापाले त्यसपछिका ३ खेल बराबरी खेलेको थियो ।

यो जितसँगै ६ अंक बटुलेको झापा छैटौं स्थानमा उक्लिएको छ । पराजित बुटवल भने ६ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा कायम छ ।

कप्तान अन्जन विष्टको पासमा जवर्ज सान्चेजले बल अगाडि बढाउँदै बक्समा पुर्‍याएर प्रहार गरेको बल गोल भएको थियो । जारी सिजनमा झापाको यो दोस्रो गोल हो र सान्चेजको पहिलो गोल हो ।

त्यसपछि दुवै टिमले गोलका लागि केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् र खेल झापाले जित्यो ।

८३ औं मिनेटमा झापाका आवास लामिछानेको पासमा जोर्ज सान्चेजको प्रहार बुटवलका किपर मोहमोदउले बचाउने क्रममा पोष्टमा लागेर फर्कियो । रिबाउन्डमा समिराज थोकरले हानेको हेडर किपरले बचाएका थिए ।

२०८० मंसिर २६, मंगलवार प्रकाशित 1 Minute 161 Views

ताजा समाचार