२०८१ जेष्ठ ४ शुक्रबार

प्रभासको फिल्म ‘सलार’ मा मेनुका पौडेलले गाइन् गीत

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ मा नेपालकी मेनुका पौडेलले गीत गाएकी छन्।

आइतबार राती प्रसारित ‘इन्डियन आइडल’ मा मेनुकाले गीत गाउने अवसर पाएको जानकारी दिएकी हुन्। हाल मेनुका ‘इन्डियन आइडल’ की प्रतिस्पर्धी छन्। उक्त शोमा मेनुकाले ‘सलार’ को लागि गीत गाएको भिडिओ क्लिप प्रसारण गरिएको थियो।

‘म आज निकै उत्साहित छु। किनकी मैले फिल्ममा गीत गाउने अवसर पाएकी छु। यो मेरो टर्निङ प्वाइन्ट हो। जहाँ मैले पहिलो प्लेब्याक गीत गाएकी छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउने छु,’ उनले भनेकी छन्।

‘सलार’ को गीतमा रवि बसरूरले संगीत भरेका छन्। निर्णायक मध्ये एक श्रेया भुषालले मेनुकालाई बधाई दिदै ‘सलार’ निर्माण टिमलाई धन्यवाद व्यक्त गरेकी छन्।

‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ।

२०८० मंसिर २५, सोमबार प्रकाशित 1 Minute 183 Views

ताजा समाचार