२०८३ जेष्ठ २१ बिहीबार

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

२५ मंसिर, काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १७ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ९५० रुपैयाँमा तेजाबी सुन र एक हजार ४२५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

२०८० मंसिर २५, सोमबार प्रकाशित 0 Minutes 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।