
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको छ ।
नगरपालिकाको आयोजना तथा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुको प्रस्तुतीमा मेचीनगरको विभिन्न स्थानमा लैंगिक हिंसाबिरुद्ध जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको हो ।

नगरपालिकाले मंसिर ११ गतेदेखि नै विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान सफल पारिएको छ । नगरपालिकाले नेपालको सिमावर्ती शहर काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न नारा, प्लेकार्ड सहित र्यालि पश्चात् कोण सभा गरेर अभियान सुरू गरेको थियो ।
नगरपालिकाले मंसिर १४ गते लैंगिक हिंसाबिरुद्ध मेचीनगर भरिका सामुदायिक माविका छात्राहरु बिच लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता सम्बन्धी वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको थियो ।
त्यस्तै, लैंगिक हिंसाविरूद्ध अभिमूखिकरण, सचेतना मुलक कार्यक्रम, विद्यार्थी, महिलालगायत विभिन्न लक्षित वर्गहरुसंग समेत विभिन्न कार्यक्रमहरु गरिएको मेचीनगर महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले बताइन् ।