२०८१ जेष्ठ ६ आईतवार

झापामा अवैध काठ नियन्त्रणमा लिँदा प्रहरीलाई घुस दिन खोजेपछि…

झापा, २३ मंसिर । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध काठ नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा आज बिहान मे १ त ८०५ नम्बर ट्याक्टर प्रहरीले चेकजाँच गर्दा माटोले छोपेको अवस्थामा ५२ थान करिब ५४ दशमलव ५ क्युफिट सखुवा जातको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त काठको बजार मूल्य २ लाख ७० हजार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले काठ नियन्त्रणमा लिने क्रममा ९५ हजार रुपैयाँ घुस दिन खोजेको प्रहरीको भनाइ छ । नगद, ट्याक्टरसहित अर्जुनधारा–३ का ४० वर्षीय कृष्ण श्रेष्ठ र ३८ वर्षीय रोहित घतानी समेतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा अनलाइन

२०८० मंसिर २३, शनिबार प्रकाशित 0 Minutes 195 Views

ताजा समाचार