
झापा । झापामा राहदानी सेवा सोमबारदेखि पुनः सुचारु भएको छ ।
राहदानी विभागमा विद्युतीय राहदानीको अनलाइन प्रणाली सम्बन्धी सफ्टवेयरमा समस्या आएको कारणले पुस १८ गतेदेखि अवरुद्ध बनेको सेवा सोमबारदेखि पुनः सुचारु भएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए ।

एक हप्ता सेवा अवरुद्ध हुँदा बायोमेट्रिक तथा फोटो खिच्ने काम बन्द भएको थियो ।
२०७९ पुष २५, सोमबार प्रकाशित
0 Minutes
63 Views