२०८१ जेष्ठ ६ आईतवार

बाल सुबोधिनी माविद्वारा अम्बिका बस्नेतलाई उत्कृष्ट आमा सम्मान

दुहागढी, २१ मंसिर । मेचीनगर-१४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयले वर्ष उत्कृष्ट आमाको रुपमा अम्बिका बस्नेतलाई सम्मान गरेको छ ।

बिहीबार विद्यालयमा आयोजित आमा भेलाका बीच बस्नेतलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र विशिष्ट अतिथिहरु मेचीनगर-१४ का वडा अध्यक्ष बाबुलाल सुब्बा र शिक्षा अधिकृत पबित्रा ढकालले संयुक्त रुपमा सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य संकरलाल राजवंशीको सभापतित्वमा सम्पन्न भेलामा प्रधानाध्यापक विश्व थापाले विद्यालयका गतिविधिका बारेमा प्रकास पारेका थिए । कार्यक्रममा विशिष्ट अतिथिहरु ढकाल, सुब्बा र प्रमुख अतिथि उप्रतीले मन्तब्य राख्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा आमाहरुको योगदानका बारेमा चर्चा गरेका थिए ।

शिक्षक पदम प्रसाद मिश्रले संचालन गरेको कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरीले गरेका थिए ।

२०८० मंसिर २१, बिहीबार प्रकाशित 1 Minute 230 Views

ताजा समाचार