२०८१ जेष्ठ ६ आईतवार

कोशीका पहिचानवादीलाई ओलीको चेतावनी- बुद्धि फेरिहाल, होइन भने सकिन्छौ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अभियान यात्रा रोक्ने बताइरहेका कोशी प्रदेशका पहिचानवादीहरूलाई आतंककारी गतिविधि नगर्न भन्दै चेतावनी दिएका छन् ।

नेकपा एमालेले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासहित चलाइरहेको संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जमिन कसैको विर्ता नभएको बताए ।

`प्रदेश १ मा प्रवेश गर्न दिन्नौ भनेका छन् । नेकपा एमाले कहाँ जान पाउने, नपाउने भन्ने हुँदैन । नेपालको जमिन कसैको विर्ता होइन । तोडफोड गर्छु, आक्रमण गर्छु भन्ने आतंककारी कुरा नगरे हुन्छ,´ उनले भने, `यो बुद्धि फेरिहाल । होइन भने सकिन्छौ । कत्राकत्रा क्रान्ति त समाप्त भयो । यस्ता गतिविधि नगर्दा राम्रो हुन्छ ।´

कोशीमा पहिचानवादको नाममा भ्रम फैलाउन विदेशबाट सञ्चालित, लोकतन्त्र हुन नदिने, अशान्ति फैलाउने, अरुको स्वार्थ पूर्ति गर्न तत्व लागिपरेका अध्यक्ष ओलीले आरोप लगाए । उनले नेपालमा प्रतिगामी शक्ति छटपटाउन थालेको तर राजतन्त्र नफर्कने दाबी गरे ।

`अहिले प्रतिगामी शक्ति छटपट गर्न थालेको देखियो । म भन्न चाहन्छु – राजतन्त्रको सबैभन्दा निरंकुशकालमा संघर्ष गरेर, जेलनेल खपेर अनेक गरेर जनताले राजतन्त्र फ्याँकेका छन्,´ ओलीले भने, `२०६५ साल फेरि आउँछ र ? त्यो सम्भव छैन । २०६५ साल फर्कन्न ।´

नेपालको अस्तित्व संकटमा पर्ने गतिविधि गर्न नदिन एमाले सक्रिय रहने अध्यक्ष ओलीको जिकिर छ । शिलापत्र

२०८० मंसिर २१, बिहीबार प्रकाशित 1 Minute 132 Views

ताजा समाचार