२०८३ जेष्ठ २१ बिहीबार

सुन तोलाको १ लाख २१ हजार ६ सय

काठमाडौं : नेपाली बजारमा आज सुन तोलाको ८ सयले बढेको छ। सुनको भाउ बढेपनि चाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ।

आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

२०८० मंसिर १८, सोमबार प्रकाशित 0 Minutes 430 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।