२०८३ जेष्ठ २९ शुक्रबार

चारआलीको नालीमा खसेर एकजनाको मृत्यु

मेचीनगर । चन्द्रगढी–चारआली सडकको छेउ नालीमा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर– १३ पुरानो आइतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टिको नालीमा तत्काल नाम ,थर, वतन नखुलेको अन्दाजी वर्ष ३५ का पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको छेउमा एउटा साइकलसमेत फेला परेको छ । स्थानीयले दिउँसो ३:२० बजेको समयमा प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिगई साँझ ५:१० बजे पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

२०८० मंसिर १७, आईतवार प्रकाशित 0 Minutes 401 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।