२०८१ चैत्र १० आईतवार

काँकरभिट्टा क्याम्पसको छैटौँ क्याम्पस सभा तथा भानु पुस्तकालयको समुदघाटन

१७ मंसिर, काँकरभिट्टा । काँकरभिट्टा बहुमुखी क्याम्पस मेचीनगरको छैटौँ क्याम्पस सभा आइतबार सम्पन्न भएको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पस परिषरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न क्याम्पस सभाको प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले छैटौँ क्याम्पस सभाको विधिवत उद्घाटन गरेका थिए ।

सोहि अवसरमा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य तामाङ, विशिष्ट अतिथिद्वय मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा काँकरभिट्टा बहुमुखी क्याम्पसद्वरा सञ्चालित भानु पुस्तकालयको समुदघाटन गरेका थिए ।

प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङले काँकरभिट्टा क्याम्पसलाई गर्नुपर्ने साथ सहयोगमा आफ्नो व्यक्तिगत र कोशी प्रदेश सरकारकातर्फबाट कुनै कमि आउन नदिने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय आवास कम्पनिले सरकारी जग्गा स्थानीय सरकारलाई हस्तान्तरण नगरेर अन्याय गरेकोमा रोष प्रकट गरे । यस विषयमा अब फाइनलरूपमा अघि बढ्न आग्रह गर्दैँ यसमा आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गोपालचन्द्र बुढाथोकीले यो क्याम्पस मात्र भएर नगरको गहना भएको बताए । क्याम्पस सञ्चालनमा समस्या छन् उनले भने ” सवै बसौ छलफल गरौँ समस्याको निकाश खोजौँ ।” स्थानीय सरकार नगरका सवै संघ संस्थाको अभिभावक भएको बताए । नगरको मुख्य आयश्रोत नै ठप्प भएकाले पनि नगरका शिक्षालगायत अन्य संघ संस्थालाई स्थानीय सरकारले सहयोग गर्न चाहेर पनि नसकेको धारणा राखेका थिए ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको उद्घाटन सत्रमा सहभागी सबैलाई क्याम्पस सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले शब्दमार्फत स्वागत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापाले क्याम्पसको विगत, वर्तमान र भावी गतिविधि समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सामाजिक परीक्षण समितिका सदस्य खेमराज (राजु) पोखरेलले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । यो समितिको अन्तिम कार्यकाल र प्रतिवेदन हो ।

गत आर्थिक वर्ष २०७९/०८० को क्याम्पसको लेखा परीक्षकको प्रतिवेदन क्याम्पस सञ्चालक सदस्य भगिरथ भण्डारीले चालु आर्थिक बर्ष २०७०/०८१ को क्याम्पसको बजेट तथा निती कार्यक्रम प्रस्तुत गरेका थिए ।

सञ्चालक सदस्य सुशील आचार्यले धन्यावाद ज्ञापनसहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

२०८० मंसिर १७, आईतवार प्रकाशित 0 Minutes 246 Views

ताजा समाचार