२०८३ जेष्ठ २१ बिहीबार

गाजामा थप २४० जनाको मृत्यु : हमास

गाजापट्टी । गाजापट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २४० जनाको मृत्यु भएको शनिबार जनाएको छ ।

“गाजापट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते भएका छन्,” सरकारको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौँ घरहरू ध्वस्त पारेको छ ।

गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ । रासस/एएफपी

२०८० मंसिर १६, शनिबार प्रकाशित 0 Minutes 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।