
काठमाडौ, १३ मंसिर । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो । मंगलबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

२०८० मंसिर १३, बुधबार प्रकाशित
1 Minute
311 Views