२०८३ जेष्ठ २९ शुक्रबार

पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरूद्ध युवा संघको उजुरी

पुरानो राष्ट्रिय गान बजाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध उजुरी परेको छ।

राष्ट्रिय गानको अपमान गरेको भन्दै प्रसाईंविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको हो।

गत कात्तिक २८ गते जनकपुरधामस्थित हिन्दु सम्राट सेनाले आयोजना गरेको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध उजुरी परेको हो।

प्रसाईंविरूद्ध नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले उजुरी दिएको हो। युवा संघ धनुषा अध्यक्ष रोषणकुमार यादवले प्रसाईंविरूद्ध प्रहरीमा उजुरी दिएका हुन्।

कुनै व्यक्तिलाई संविधान र कानून प्रतिकूल हुने काम गर्न छुट नरहेको भन्दै यादवले प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना माग गर्दै उजुरी दिएका छन्।

‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गरी पाऊँ,’ जाहेरीमा उल्लेख छ।

कार्यक्रममा प्रसाईंको निर्देशनमा ‘श्रीमान् गम्भीर नेपाली…’ बजाइएको थियो।

धनुषाका एसपी मित्रबन्धु शर्माले प्रसाईंविरूद्ध उजुरी आएको बताए। ‘उहाँविरूद्ध उजुरी आएको छ। हामी हेर्दै छौं, दर्ता भइसकेको छैन,’ उनले भने।

२०८० मंसिर ५, मंगलवार प्रकाशित 0 Minutes 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।