यद्यपि जब अन्धविश्वासको कुरा आउँछ तब निकै कममात्रै मानिसले यसो गर्न सक्छन् जो लिभरपुलका पूर्वफरवार्ड डिन स्यान्डर्सले गर्दथे । त्यसबेला उनी टर्कीको ग्यालाटसरायका लागि खेल्दथे ।
उनका अनुसार एक फुटबल प्रतियोगिताका बेला खेलभन्दा अगाडि बाख्राको गर्धन काटियो र त्यसको रगतलाई उनका साथीहरु भएको ठाउँमा पुर्याइयो ।
सन् १९९५/९६ को सिजनमा टर्किस जाएन्ट्सका लागि खेलेका फुटबलर स्यान्डर्स भन्छन्, ‘एक खेलभन्दा पहिले उनीहरुले बाख्रालाई ल्याए र हाम्रो अगाडि उसको गला काटिदिए । यो अलिक स्तब्ध बनाउने खालको छ ।’
एनले भनेका छन्- हामीले पिएको नाटक गर्यौं तर कप तातो थियो । यो एउटा धामिक विषय हो । डराउनुपर्ने कुरा चाहिं यो छ कि उक्त दिन त्यो पहिलो बाख्रो थिएन जसको गला काटिएको थियो । खेलका क्रममा एएटा यस्तो सहरमा गइयो जसभन्दा घटिया सरकार त सायद देख्नुभएकै छैन । यत्रतत्र धूलो थियो । मानिसहरुले जुत्ता लगाएका थिएनन् । अनलाइन खबरबाट