२०८१ बैशाख ८ शनिबार

जनप्रतिनिधिले हाजिर हुन नदिएपछि राजकपुरले मुजुलकामा हाजिर गरे

मेचीनगर पुस २५ । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले नगरका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौम्लागाईँलाई हाजिर गर्न रोक लगाइएको छ ।

काजमा पुस १२ गते मन्त्रालय गएका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई सोमबार मेचीनगर नगरपालिका आउँदा नगर उपप्रमुख मिना उप्रेतीसहित वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले हाजिर गर्न दिएनन् ।

करीब ११ बजे नगरपालिका पुगेर कार्यकक्षमा प्रवेश गरेका चम्लागाईँलाई हाजिर हुन दिएनन् । हाजिर नगरी कार्यालयबाट जान उपप्रमुख उप्रेतीले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई अनुरोध गरिन् । उपप्रमुख उप्रेतीले आफ्नै कार्यकक्षमा बोलाएर प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई भनिन्, ‘कार्यपालिका बैठकले तपाईलाई फिर्ता पठाउने निणर्य गरेकाले तपाईले अहिले हाजिर नगर्नुस् ।’

आफ्नो सरुवा नभएको र काज पनि सकिएकाले आफूलाई हाजिर गर्न दिन चम्लागाईले उपप्रमुख उप्रेतीसँग पटक पटक अनुरोध गर्दा पनि उपप्रमुख उप्रेतीले चम्लागाईँको कुरा सुनुवाई गर्न मान्नु भएन । ‘मेरो कार्यालय यही हो,’ चम्लागाईले उपप्रमुखसँग भने, अन्यत्र सरुवा पनि भएको छैन, सरुवा नभएसम्म मलाई हाजिर हुन दिनुहोस ।’

केही बेर उपप्रमुख र अन्य जनप्रतिनिधिबीच छलफलपछि नगरप्रमुख काठमाडौँ गएको हुदाँ र अपरान्ह बैठक बसेर थप छलफल गर्ने भन्दै उपप्रमुख उप्रेतीले तत्काल हाजिर नगर्न अनुरोध गरेपछि चम्लागाई कार्यालयबाट बाहिरिएका थिए । जनप्रतिनिधिले हाजिर हुन नदिएपछि राजकपुरले मुजुलकामा हाजिर गरेका छन् ।

यसअघि कार्यापालिकालाई असहयोग गरेको भन्दै पुस १८ गतेको कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईबाट नगरको बजेट खर्च गर्ने अधिकार स्थगन गर्ने निणर्य गरेको थियो ।

हेर्नुस अख्तियारी स्थगन गरेको सम्बन्धी सूचना | 

२०७९ पुष २५, सोमबार प्रकाशित 0 Minutes 2446 Views

ताजा समाचार