२०८३ जेष्ठ २९ शुक्रबार

झापामा एक महिला चोरीको सामानसहित पक्राउ

झापा । कनकाईमा एक महिला चोरीको सामानसहित पक्राउ परेकी छिन् ।  कनकाई नगरपालिका-१ जामुनबारीमा स्थानीय सुलोचना ओलीको घरबाट लक्ष्मी पूजा पुजेको गाग्रो र कनकाई नगरपालिका ७ कालीमोडाका गङ्गा प्रसाद पाठकको मोबाइल चोरी भएको थियो ।

सामान चोरी भएको थाहा पाउन साथ पाठकले चोरलाई पछ्याएर सामान्य धुलाई दिई आफ्नो मोबाइल हात पारेका छन् । स्थानीय सुलोचना ओलीका अनुसार चोरी गर्ने महिला अन्दाजी ४० वर्षको रहेको र उक्त महिलाहरूको चोरी ग्याङ समेत हुन सक्ने बताइएको छ। चोरीमा संलग्न महिलालाई चोरी गरिएको गाग्रो सहित इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

२०८० मंसिर ३, आईतवार प्रकाशित 1 Minute 431 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।