२०८१ जेष्ठ ९ बुधबार

नेपालमा बेरोजगारको संख्या बढ्दो, यस वर्ष आठ लाख ८५ हजार सूचीकृत

काठमाडौं । नेपालमा बेरोजगारको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा भन्दा चालु आर्थिक वर्षमा नेपालमा ४३ हजार ६६९ जना बेरोजगार थपिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा आठ लाख ८५ हजार १५५ जना बेरोजगारहरू सूचीकृत भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा आठ लाख ४१ हजार ४८६ जना बेरोजगार सूचीकृत भएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनको लागि उक्त संख्यामा बेरोजगारहरूले आफ्नो नाम लेखाएको श्रम मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानीय तहमा रहेका श्रमिक र रोजगार सेवा केन्द्रमा बेरोजगारहरूले नाम टिपाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) हालसम्म एक हजार ३१२ वटा आयोजना छनोट गरिएको छ ।

यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा ६९० जना बेरोजगार व्यक्तिहरू रोजगारीमा संलग्न भइसकेको मन्त्रालयले जनाएको छ । रोजगारीमा खटिएका व्यक्तिहरूबाट ९ हजार १६० कार्यदिन काम भएको छ ।

गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ९१ हजारभन्दा बढी बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रदान गरिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा कुल आठ लाख ४१ हजार ४८६ जना सूचीकृत बेरोजगार भएकामा कुल ९१ हजार ५८३ जनालाई ७८ दिनको औसत रोजगारी प्रदान गरिएको थियो ।

गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७२० स्थानीय तहमा कुल १३ हजार ८६३ आयोजनाहरू सञ्चालन भएका थिए । बाह्रखरी

२०८० कार्तिक २९, बुधबार प्रकाशित 0 Minutes 122 Views

ताजा समाचार