२०८१ जेष्ठ ८ मंगलवार

बिर्तामोडमा श्रीमती बितेको ४८ घण्टा नबित्दै श्रीमानको निधन

झापाको बिर्तामोड– ५ अग्रसेन भवन छेउमा श्रीमती बितेको ४८ घण्टा नबित्दै श्रीमानको निधन भएको छ । शान्तिपुर–झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीका माता ६८ वर्षीया निर्मला पौडेल अधिकारीको लक्ष्मीपूजाको भोलिपल्ट कात्तिक २७ गते बिहान ११.४५ बजे गाई तिहारका दिन ६८ वर्षको उमेरमा निधन भएको थियो । त्यसको ४८ घण्टा नबित्दै अधिकारीका पिता ७४ वर्षीय खगप्रसाद अधिकारीको गएराति ११ बजेर ११ मिनेटमा निधन भएको हो ।

गोवर्द्धन पूजाको राति निधन भएका अधिकारीको आज भाइटीकाको दिन दिउँसो १ बजे कनकाई माईमा अन्त्येष्टि गरिने आफन्त शम्भु दाहालले बताए । अधिकारी परिवार इलामको साबिक शान्तिपुरबाट बसाइ सरी बिर्तामोड ५ मा आएका थिए । अधिकारी दम्पतीका छोराबुहारी ज्ञानेन्द्र, कला अधिकारी,छोरीहरू देवी अधिकारी खनाल होक्से, सीता अधिकारी थापा बेलायत, गीता अधिकारी काठमाडौँमा रहेका छन् । गीता अधिकारी नेपाली चलचित्रकी अभिनेत्री हुन् ।

२०८० कार्तिक २९, बुधबार प्रकाशित 0 Minutes 212 Views

ताजा समाचार