२०८१ भाद्र ३१ सोमबार

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ। साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कात्तिक २७ गते सोमबार देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० कार्तिक २५, शनिबार प्रकाशित 0 Minutes 163 Views

ताजा समाचार