२०८३ जेष्ठ २८ बिहीबार

हल्दिबारीको मन्दिरभित्र रहेको दान पेटिकाबाट रकम चोरी

हल्दिबारी । हल्दिबारी-४ स्थित श्री सिद्धकाली मन्दिरको दान पेटिकाबाट रकम चोरी भएको छ ।

बुधबार राती दान पेटिका चोरी भएको श्री सिद्धकाली मन्दिरका पुजारी रगुनाथ निरौलाले जानकारी दिए । मन्दिरभित्र रहेको दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको हो । गेटमा फलामे ताला लगाइएको थियो । उक्त ताला फुटाएर दान पेटिकाबाट रकम चोरी भएको पुजारी निरौलाले बताए ।

दान पेटिकामा कति रुपैयाँ थियो भन्ने यकिन छैन । त्यहाँ करिब १० हजार भेटी रहेको अनुमान मन्दिर समितिले गरेको छ । यस घटनाको अनुसन्धान भइरहेको जलथल प्रहरीले जनाएको छ ।

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित 1 Minute 289 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।