२०८३ जेष्ठ २८ बिहीबार

झापाको चारपानेमा गाडीको ठक्करबाट ५५ वर्षीय राजवंशीकाे मृत्यु

झापा । बिर्तामोड-२ स्थित चारपोनमा आज (शुक्रबार) गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जांदै गरेको प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड-२ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नबराज न्यौपानेले जानकारी दिए ।

ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । मृत्यु भएका राजवंशीको शव पोष्टमाटमकालागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित 1 Minute 429 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।