२०८० मंसिर २१ बिहीबार

यस्तो छ, झापा काँग्रेस क्षेत्र नं-१ बाट निर्वाचित महासमिति सदस्यको सूची

धुलाबारी । नेपाली काँग्रेस महासमिति सदस्यमा झापा निर्वाचन क्षेत्र नं १ बाट ११ जना निर्वाचित भएका छन् । जसमा १० जना मतदानबाट र १ जना निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार सम्पन्न निर्वाचनबाट १० महासमिति सदस्यहरु निर्वचित भएको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईँले जानकारी दिए ।

खुला पुरुषतर्फ ५ पदमा बिमल आचार्य(३६५), केशवराज पाण्डे(३५२ ), राम कट्टेल(३५२ ), अशोक पोख्रेल( ३२३) र मणिकुमार उप्रेती(२६१) मतका साथ विजयी भएका छन् ।

त्यस्तै अन्य उम्मेदवारहरु पुष्प पौडेलले २४७ मत, लोकराज ढकालले २४१  मत,  खड्ग धिमालले  २२८ मत र पंकज नेम्बाङले   १९५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

खुला महिलातर्फ २ पदमा दुर्गादेवी खतिवडा र उषा गुरुङ विजयी भएका छन् । खतिवडाले  ३७६ मत तथा गुरुङले  २९२ मत प्राप्त गरिन् । २६० मत प्राप्त गरेकी शोभा श्रेष्ठ तेस्रो स्थानमा रहिन् ।

त्यस्तै, खस आर्य खुलाको १ पदमा  तेजप्रसाद चम्लागाईँ(२७९)निर्वाचित भए । चम्लगाईँले प्रतिस्पर्धी रोहित बुढाथोकीलाई १० मतले पराजित गरे ।

खस आर्य महिलातर्फ चन्द्रकला भट्टराई(२०२) निर्वाचित भइन् । उनका प्रतिद्वन्दी शुशिला रिजालले १७० र टीका सुवेदीले १५० मत प्राप्त गरिन।

त्यसैगरी, आदिवासी जनजाती खुला १ पदमा प्रेम सम्बाहाम्फे(३७९) निर्वाचित भए । बलाजित राईले १६८ मत प्राप्त गरे ।

आदिवासी जनजाती महिलामा डम्बरकुमारी थापा यस अघि नै निर्विरोध भइसकेकी छिन् ।

बिहीबार सम्पन्न मतदानमा कुल ६०७ मध्ये ५६१ प्रतिनिधिले मतदान गरेका थिए ।

२०८० कार्तिक २३, बिहीबार प्रकाशित 0 Minutes 385 Views

ताजा समाचार