२०८३ जेष्ठ २८ बिहीबार

ताप्लेजुङमा राति १० बजेसम्ममात्रै खेल्न पाइने

ताप्लेजुङ । ताप्लेजुङमा राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै आफूले खुसियाली मनाउँदा अन्य व्यक्ति, टोल, छिमेक, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन पनि अपिल गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी टंकप्रसाद भट्टराईद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम गर्दै संस्कृति जगेर्ना गर्न पनि अनुरोध गरिएको छ ।

पटका आतिसबाजीजस्ता विस्फोटक तथा अति प्रज्वलनशील पदार्थको आयात, बिक्री वितरण, ओसारपसार गरे कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।

जुवा-तासजस्ता कानुनद्वारा निषेधित कार्य नगर्न/नगराउन अपिल गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडाइ पारेको पनि जनाइएको छ ।

प्रहरी नायव उपरीक्षक राजन लिम्बुले विशेष सुरक्षा योजना लागू गरिएको बताए ।

२०८० कार्तिक २३, बिहीबार प्रकाशित 1 Minute 351 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।