२०८१ बैशाख २६ बुधबार

झापामा अवैध माछा नष्ट

बिर्तामोड, २४ पुस । बिर्तामोड नगर प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको मरेका माछा आइतबार खाल्डो खनेर पुरिएको छ ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका र मागुर माछा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको भए पनि लुकिछिपी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा नगर प्रहरीले पश्चिम स्टेण्ड नजिकैबाट पंघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका माछालाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र स्थानिय माछा उत्पादक कृषकको उपस्थितिमा खाल्डो खनेर पुरीएको हो । बिर्तामोड नगरपालिकाले जनताको स्वास्थ्यलाई हानिगर्ने विषादी हालिएका मरेका माछा विक्री वितरणमा रोक लगाएको छ ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले फर्मालिन हालिएका मानव स्वास्थ्यलाई असर गर्ने माछा अवैधढंगले ओसारपसारमा संलग्न व्यवसायी र त्यसमा संलग्नहरु पक्राउ परेको खण्डमा ऐनअनुसार कार्वाही गर्ने बताए । यस प्रकारका माछा बिर्तामोडको स्थानिय बजारमा बिक्री वितरण गर्न नपाउने भन्दै उहाँले सूचनालाईे बेवास्था गर्ने जोकोहिलाई कार्वाहि गर्ने चेतावनी दिए । बिर्तामोडका कुनै पनि क्षेत्रमा मरेका माछा विक्रीवितरण गरेको पाइएमा सूचना दिन नगरपालिकाले सबैलाई आग्रहसमेत गर्दै आएको छ ।

२०७९ पुष २४, आईतवार प्रकाशित 0 Minutes 417 Views

ताजा समाचार