२०८१ जेष्ठ ९ बुधबार

झापाको बुद्धशान्तिमा भिनाजुको हत्या आरोपमा एक पक्राउ

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिका-५ बस्ने ४५ वर्षीय धनबहादुर कटुवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय रोशन अधिकारीलाई पक्राउ गरेको हो।

बुधबार राति सवा ११ बजे भिनाजु धनबहादुर र सालो रोशनबीच विवाद भएको थियो। घरायसी विवाद हुँदा रोशनले आफ्ना भिनाजु धनबहादुरमाथि धारिलो हतियार खुकुरी र बाँसले प्रहार गरेका थिए।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरलाई प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहीबार १:५५ मा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त खबर पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले हतियारसहित रोशनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

२०८० कार्तिक २३, बिहीबार प्रकाशित 1 Minute 1565 Views

ताजा समाचार