२०८१ बैशाख २ आईतवार

काँकरभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ

काँकरभिट्टा । काँकरभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार मेचीनगर-६ स्थित भन्सार गेटबाट पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा भारतीय रकम ५ सय दरको नोट ५ सय थान, २ सय दरको नोट २ सय थान र १ सय दरको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो । पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको प्रहरीले जनाएको छ ।

२०८० कार्तिक २३, बिहीबार प्रकाशित 1 Minute 1518 Views

ताजा समाचार