
पोखरा : भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री लिएर आएको २ वटा चिनियाँ जहाज पोखरामा अवतरण भएको छ।
आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन्। यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ।

चिनियाँ राजदूत छन सोङले उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन्। चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ।थाहा खबरबाट
२०८० कार्तिक २२, बुधबार प्रकाशित
0 Minutes
162 Views