२०८३ जेष्ठ २८ बिहीबार

भूकम्प पीडितको राहत लिएर आए चिनियाँ जनमुक्ति सेनाका दुई जहाज

पोखरा : भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री लिएर आएको २ वटा चिनियाँ जहाज पोखरामा अवतरण भएको छ।

आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन्।​ यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ।

चिनियाँ राजदूत छन सोङले  उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हस्तान्तरण गर्नेछन्।  चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ।थाहा खबरबाट

२०८० कार्तिक २२, बुधबार प्रकाशित 0 Minutes 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।