२०८१ माघ ६ आईतवार

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ : प्रधानमन्त्री

काठमाडौँ — संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलका नेता एक ठाउँमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । राजनीतिक दलका नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाएको बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीचको बैठक सकिएपछि प्रधानमन्त्री दाहालले उक्त अभिव्यक्ति दिएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि दलका नेताहरूबीच एकमत रहेको उनको भनाइ थियो ।

‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक थियो । यो बैठकमा एउटा राम्रो कुरा के भयो भने संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो,’ उनले भने, ‘यो प्रारम्भिक बैठक भयो र यसलाई निरन्तर बैठक राख्नुपर्छ भन्नेमा सबै सहमत भए ।’

प्रधानमन्त्री दाहालले कसैसँग तर्सिएर दलका नेताहरूबीच बैठक नभएको बरु सामान्य समीक्षात्मक बैठक आह्वान गरिएको बताए । इकान्तिपुर

२०८० कार्तिक २१, मंगलवार प्रकाशित 1 Minute 173 Views

ताजा समाचार