२०८३ जेष्ठ २२ शुक्रबार

‘सिुस्नुपानी’को देउसी कार्यक्रम स्थगित

काठमाडौं : सिस्नुपानी नेपालले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको छ।

हालैको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै उसले देउसी कार्यक्रम नगर्ने भएको हो। ​सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले ​भूकम्पको पीडाका कारण सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष स्थगित गरेको जानकारी दिए।

आचार्यले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप  ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

सिस्नुपानीले भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै पीडितको पुन:स्थापनाका लागि सहयोगको आह्वान पनि गरेको छ।

सिस्नुपानी नेपालले हरेक वर्ष तिहार राजनीतिकर्मी तथा समाजका अन्य अन्य प्रतिष्ठित व्यक्ति भेला गरे व्यंग्यात्मक देउसी खेल्ने गरेको थियो।

२०८० कार्तिक २१, मंगलवार प्रकाशित 0 Minutes 376 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।