२०८१ माघ २ बुधबार

भूकम्प प्रभावितलाई भाटभटेनीको १ करोड ११ लाख रुपैयाँ सहयोग

२० कात्तिक, काठमाडौं । भाटभटेनी सुपरमार्केटले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

भाटभटेनीले भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसो रकमको चेक उपलब्ध गराएको जनाएको छ ।

भूकम्प प्रभावितलाई राहतको लागि यथासक्य सहयोग गर्ने उद्देश्यका साथ कोषमा रकम उपलब्ध गराइएको भाटभटेनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सो रकमको चेक प्रदान गरेका छन् ।

गत शुक्रबार रातिको भूकम्पका कारण मुख्यतः जाजरकोट र रुकम पश्चिम बढी प्रभावित भएको छ । प्रभाविका लागि विभिन्न संस्थाहरुबाट सहयोग जुटिरहेको छ ।

२०८० कार्तिक २०, सोमबार प्रकाशित 0 Minutes 129 Views

ताजा समाचार