२०८३ जेष्ठ २१ बिहीबार

झापा लिगमा १६ टोलीले प्रतिस्पर्धा गर्ने

हिमाल खरेल, भद्रपुर । झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिगका लागि विभिन्न समिति गठन गरिएको छ ।

आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आइतबार बसेको बैठकले अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिएको अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले मंसिर ७ गतेदेखि झापा लिग गर्न आयोजना गर्दैछ । भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष ढकालले जानकारी दिए ।

झापाका १५ वटा पालिका र आयोजकको एक गरि जिल्ला लिगमा १६ टोलीको सहभागिता रहने बताइएको छ । सहभागी टोलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

राउन्ड रोविन लिगपछि हरेक समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनलबाट नकआउट खेल हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र दोस्रो हुने टोलीलले २ लाख प्राप्त गर्नेछ ।

हरेक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताका लागि मैदानमा हुने प्रतियोगितामा ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि रंगशाला सम्याउने, झार काट्ने तथा घाँस हुर्काउने काम भइरहेको छ । हाम्रो खेलकुदबाट

२०८० कार्तिक २०, सोमबार प्रकाशित 0 Minutes 431 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।