२०८१ माघ २६ शनिबार

भूकम्प पीडितलाई बिर्तामोड नगरपालिकाद्वारा पाँच लाख सहयोग

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

घटनाको बारेमा दुख व्यक्त गर्दै नगर प्रमुख प्रसाईले भूकम्पबाट पीडित परिवारको उद्धारको लागि सहयोगको घोषणा गरिएको जानकारी दिनुभयो । नगरपालिकाले विपत व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ दिने भएको हो । शुक्रबारको भूकम्पले जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार भूकम्पमा परी २४६ जना घाइते भएका थिए, उनीहरुमध्ये १४६ जना प्राथमिक उपचारपछि घर फर्किएका छन्, ११० जना घाइते विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । भूकम्पले ९३७ घरमा पूर्ण क्षति भएको छ भने २ हजार ९५४ घरमा आंशिक क्षति पुगेको छ ।

२०८० कार्तिक २०, सोमबार प्रकाशित 0 Minutes 174 Views

ताजा समाचार