२०८३ जेष्ठ २८ बिहीबार

भारतले दियो १० करोड भारतीय रूपैयाँ बराबरको राहत सामग्री

भारतले कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ।

आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो।

आइतबार नै भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरे।

आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन्। सेतोपाटीबाट

२०८० कार्तिक १९, आईतवार प्रकाशित 0 Minutes 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।