कार्तिक १९, मेचीनगर । मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् ।
झापाको मेचीनगर-२ का गोपाल रिजाललाई आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा हात्तीले आक्रमण गरेर गम्भिर घाइते बनाएको मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालले जानकारी दिए ।

स्थानिय राना गाँउ चोकमा ४२ बर्षिय रिजालमाथि हात्तीले आक्रमण गर्दा उनको ७ वटा करंग भाचिनुका साथै फोक्सोमा पानी जमेको चिकित्सकहरुले जनाएका छन् ।
उनको बि एण्ड सी अस्पतालको आइसियुमा उपचार भइरहेको वडाअध्यक्ष बरालले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



