जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुगेको छ । यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ । जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ ।
यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
घाइतेको संख्या १६६ पुगेको छ । तीमध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
२०८० कार्तिक १९, आईतवार प्रकाशित
0 Minutes
194 Views