काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार रातिदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
२०७९ पुष २४, आईतवार प्रकाशित
0 Minutes
228 Views