२०८१ जेष्ठ ८ मंगलवार

आधुनिक साकोसको इकाईगत साधारण सभामा सम्मान

बिर्तामोड । झापाको अग्रणी सहकारी आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) ले १२ औं वार्षिक साधारण सभा अन्तरगत इकाइगत सभा जारी राखेको छ ।

संस्थाले आज शुक्रबार बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्गकेटको सभाहलमा बिर्तामोड र चारआली सेवाकेन्द्र अन्तरगतका प्रतिनिधि मुलक इकाईगत साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आयोजित इकाइगत साधारणसभाको उद्घाटन प्रमुख अतिथि सल्लाहकार समिति संयोजक अंगतबहादुर थापाले गरेका थिए । संस्थाको २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको सो साधारणसभामा दुईजना जेष्ठ सदस्य, दुईजना असल ऋणी र दुईजना असल वचतकर्तालाई सम्मान गरिएको थियो ।

उत्कृष्ठ जेष्ठ सदस्यमा माइली तामाङ्ग, हरि बिमली, उत्कृष्ट बचतकर्तामा कल्पना आचार्य, रोस्ना माबो र उत्कृष्ट ऋणीमा नवीन शिवाकोटी, गितादेवि सार्कीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । समारोहका प्रमुख अतिथि थापा, विशेष अतिथि संस्थाका सल्लाहकार समिति सदस्य मेदनीप्रसाद खरेल, अध्यक्ष थापालगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

पाँच वटा सेवा केन्द्र रहेको संस्थाले आ. व. २०७९/०८० सम्म २० करोड २७ लाख ५८ हजार ६ सय ८८ रुपैँयाको वासलात बनाएको छ ।
यसैगरी, संस्थाको वार्षिक कार्यक्रम तथा बजेट व्यवस्थापक पारस ओलीले प्रस्तुत गरेका थिए ।

इकाईगत साधारणसभामा लेखा सुपरीवेक्षण समितिका सदस्य ओमप्रकाश भट्टराईंले आ.व २०७९/८० को लेखा प्रतिवेदन प्रस्तुत गरेको चारआली सेवाकेन्द्र प्रमुख विश्वास दाहालले बताए ।

कार्यक्रममा प्रमुख अतिथि अंगतबहादुर थापाले समाज रुपान्तरणमा सहकारी क्षेत्रको भूमिका महत्वपूणर् भएको चर्चा गर्दै साधारणसभामा आउने जाने मात्र नभई संस्थाको समग्र अवस्थाका बारेमा सदस्य जानकार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि खरेलले आफ्नो मन्तब्यमा सबै सदस्यले संस्थाप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । उनले सबै सहकारी खराब नहुने बताउँदै खराब सोच र उद्देश्यले सञ्चालन भएका सहकारीहरुले मात्र गतल गर्ने गरेको बताए ।

सभामा विशिष्ट अतिथि अभियान नेपाल साकोसका अध्यक्ष लोकमान श्रेष्ठले सहकारी संस्थाहरुले रोजगारीको सिर्जना गरेकै कारण हजारौं नेपाली नागरिकले श्रम बेच्न विदेशिनु नपरेको बताए ।

बिर्तामोड सेवाकेन्द्र व्यवस्थापन प्रमुख प्रियाङ्का उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका सचिव भिमप्रसाद लम्सालले गरेका थिए ।

सहकारी विभागले निर्धारण गरी लागू भएको साधारणसभा सम्बन्धी नीतिअनुसार आधुनिक साकोसले कात्तिक १५ गतेदेखि पाँचवटा सेवाकेन्द्रमा एकाइगत साधारणसभा गरिरहेको हो । संस्थाले कात्तिक १५ गते काँकरभिट्टामा र कात्तिक १६ गते भद्रपुरमा एकाईगतको साधारणसभा सम्पन्न गरेको सचिव भिमप्रसाद लम्सालले जानकारी दिए ।

पाँच स्थानमा एकाइगतको साधारणसभा गरी मंसिर ७ गते अन्तिम माइन्युट प्रमाणिकरण गर्ने कार्यसूचि रहेको सचिव लम्सालको भनाई छ ।

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित 0 Minutes 343 Views

ताजा समाचार