२०८३ जेष्ठ २८ बिहीबार

झापाबाट एक हजार दरको नक्कली नेपाली नोटसहित ६ भारतीय नागरिक पक्राउ

झापा । झापामा एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार झापा गाउँपालिका १ स्थित सितापुरीमा भारतीय नम्बर प्लट भएका दुई वटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद गरेको थियो । नक्कली नोटसहित पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताए । भारतबाट नेपाली नक्कली नोट किन ल्याइएको बारेमा प्रहरीले अनुसंन्धान गरिरहेको बताउँदै उनले भने, ‘घटनामा संलग्न भएका व्यक्तिलाई कानुन बमोजिम कारवाही हुन्छ ।’

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित 1 Minute 415 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।