
झापा । २०२८/२९ सालको झापा विद्रोहका योद्धा तथा झापाका पुराना वामपन्थी नेता खडानन्द वाग्लेको बिहीबार साँझ निधन भएको छ ।
कलेजोमा क्यान्सर भएर लामो समय पीडित बनेका वाग्लेको ७८ बर्षको उमेरमा निधन भएको झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।

वाग्ले साविक बुधबारे गाविसका पूर्व अध्यक्षसमेत हुन् । उनको आफ्नै निवास बुद्धशान्ति १ मा निधन भएको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए ।
युवावस्थादेखि नै वामपन्थी राजनीतिमा लागेका वाग्ले झापा विद्रोहका बेला लामो समय भूमिगत राजनीति गरेका थिए ।
२०८० कार्तिक १६, बिहीबार प्रकाशित
0 Minutes
277 Views