२०८१ जेष्ठ १० बिहीबार

प्रिन्सिपल सर्राफलाई गोली हान्न पेशेवर सुटर प्रयोग, पक्राउ परेका पाँच जना सार्वजनिक

बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । कलैयामा सोमबार दिउँसो सर्राफको गोलि हानी हत्या गरिएको थियो ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ८ मध्ये पाँच जना सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका- ६ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेको प्रहरीले जनाएको छ ।

राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन् । उनी र सर्राफबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । हत्याका मुख्य योजनाकार भारतीय नागरिक मनोज गुप्ता भने फरार रहेको प्रहरीले प्रहरीले जनाएको छ । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेवर सुटर रहेको प्रहरीको भनाइ छ ।

‘यो घटनामा ८ जना व्यक्ति प्रत्यक्ष संलग्न भएको देखिएको छ । त्यसमध्येका पाँच जना पक्राउ परेका छन् । बाँकीको खोजतलास भइरहेको छ’, बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने, ‘घटना हुनुमा महिलासँगको सम्बन्धको रिसइवी देखिन्छ ।’

सोमबार दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गरेका थिए । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका सर्राफको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो । शिलापत्र

२०८० कार्तिक १५, बुधबार प्रकाशित 1 Minute 153 Views

ताजा समाचार