२०८१ जेष्ठ ८ मंगलवार

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘म्लेच्छ’ मञ्चन हुने

काँकरभिट्टा । झापा काँकरभिट्टाको परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ ।

पूर्वोत्तर भारत आसमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख १९-२२ कात्तिकसम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल थिएटर फेस्टिभलमा परिवर्तनले ‘म्लेच्छ’ नाटक मञ्चन गर्ने भएको हो ।

असम राज्य सरकारकै आयोजना हुन लागेको यस किसिमको प्रतिष्ठित नाट्य महोत्सवमा परिवर्तन थिएटर सिंगो नेपालकै प्रतिनिधित्व गरेर सहभागी बन्न लागेको थिएटरकी अध्यक्ष लीला विष्टले बताइन् । महोत्सवमा नेपाल, बंगलादेश र भारतको विभिन्न प्रान्तका दर्जनभन्दा बढी नाटक प्रदर्शन हुने आयोजक कमिटीका सचिव दयालकृष्ण नाथले जनाए । पत्रकार पर्वत पोर्तेलको लेखन र गणेश बस्नेतको निर्देशन रहेको नाटक गत असोज २५ देखि कात्तिक ४ सम्म काँकरभिट्टामा मञ्चन गरिएको थियो ।

आदिवासीहरूको इतिहास र वर्तमान समेटिएको नाटकमा कविता नेपाल, लीला विष्ट, गणेश बस्नेत, एन्जल खड्का, अनिस बस्नेत, लोमस पौडेल, सुष्पा पोखरेल, प्रतिक्षा आचार्य, गगन क्षेत्री, संजोग राई, झरना खनाल, कविता पौडेल, नवराज पाठक, कृष्ण पौडेल, सरोज जिरेल र भावना न्योपानेले अभिनय गरेका छन् ।

२०८० कार्तिक १५, बुधबार प्रकाशित 1 Minute 236 Views

ताजा समाचार