२०८१ जेष्ठ ८ मंगलवार

आधुनिक साकोसको १२ औं वार्षिक इकाइगत साधारणसभा सुरु

काँकरभिट्टा । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा बुधबार (आज) देखि सुरु भएको छ ।

पाँच वटा सेवा केन्द्र रहेको आज सदस्य सेवा केन्द्र काँकरभिट्टाबाट इकाइगत साधारणसभा सुरु भएको हो ।

संस्थाका अध्यक्ष कमल थापाको अध्यक्षता र सल्लाहकार समिति संयोजक तथा निर्वतमान अध्यक्ष अंगतबहादुर थापाको प्रमूख आतिथ्यतामा सम्पन्न साधारणसभामा अध्यक्ष थापाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गत आ.व ०७९/८० असार मसान्तसम्मको संस्थाको कुल सम्पती २० करोड २७ लाख ५८ हजार ६ सय ८७ रुपैयाँ ४९ पैसा रहेको छ ।

५ वटा सेवा केन्द्रबाट सेवा दिइरहेको आधुनिक साकोसका कुल ८ हजार ५ सय १० शेयर सदस्य रहेको थापाले जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ट जेष्ठ सदस्य पेमा शेर्पा, उत्कृष्ट बचतकर्ता सबिता चौहान र उत्कृष्ट ऋणी डिल्लीराम धमलालाई नगदसहित सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि थापाले आधुनिक सहकारीको वार्षिक प्रगती प्रतिवेदनको प्रशंसा गर्दै सदस्यहरु सबै मिले मात्र कुनै पनि संस्थाले प्रगती गर्न सक्ने बताए । उनले सहकारीहरुले जनता लुट्न भन्ने कुरा एक अफवाह हल्ला मात्र भएको बताए ।

त्यस्तै, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक माधवलाल अर्यालले आ.व ०७९/८० को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको वार्षिक कार्यक्रम तथा बजेट आधुनिक साकोसका व्यवस्थापक पारस ओलीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि संस्थाका सल्लाहकार समिति सदस्य मेदनीप्रसाद खरेल, सदस्यहरुबाट प्रतिनिधित्व गर्दै ज्ञानेन्द्र घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका काँकरभिट्टा सेवा केन्द्र प्रमुख देवका थापाले सञ्चालन गरेको इकाइगत साधारण सभामा आमन्त्रित तथा उपस्थित सदस्यहरुलाई उपाध्यक्ष युवराज भट्टराईले शाब्दिक स्वागत गरेका थिए ।

२०८० कार्तिक १५, बुधबार प्रकाशित 0 Minutes 431 Views

ताजा समाचार