२०८१ जेष्ठ ८ मंगलवार

सर्बियन गोलरक्षक स्टेफन झापा एफसीमा अनुबन्ध

झापा ।  दोश्रो संस्करणको नेपाल सुपर लिग फुटबलका लागि झापा एफसीले सर्बियन गोलरक्षक अनुबन्ध गरेको छ ।

झापा एफसीले विदेशी खेलाडीको रुपमा सर्बियन गोलरक्षक स्टेफन कुपिजलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।

सर्बियाको यू-१७, यू-१९, यू-२१ तथा यू-२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्टेफनले सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिग खेलिसकेका छन् ।

झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी लागेको तथा यसलाई आफूले चुनौतीको रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

झापा एफसीका प्रवक्ता तथा महासचिव सुजन गौतमले लामो समय युरोपियन फुटबल खेलेका स्टेफनको अनुभव टिमका लागि महत्वपूर्ण हुने बताए ।

झापा एफसीले मुख्य प्रशिक्षकको रुपमा स्पेनका ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ ।

एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौँको दशरथ रंगशालामा आयोजना हुँदैछ ।

२०८० कार्तिक १४, मंगलवार प्रकाशित 1 Minute 139 Views

ताजा समाचार