२०८१ बैशाख १५ शनिबार

धुलाबारी महोत्सवमा आज गायिका ज्योति मगरको प्रस्तुति रहने

धुलाबारी, १४ कात्तिक । धुलाबारी महोत्सवमा आज चर्चित गायिका ज्योति मगर आउने भएकी छिन् ।

मेची चेम्बर अफ कमर्सको आयोजनामा गत असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १९औँ दिन नेपाली सांगितिक क्षेत्रकी गायिका मगरको मंगलबार साँझ दमदार प्रस्तुती रहनेछ । उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् । छोटो सारी, साढे गोरु, जताततै मखमली फुल्यो, ढाडे बिरालो, उहि मुलाको सिन्की उही मुलाको चाना लगायत आधा दर्जन गीतहरु गाउने भएको मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले बताए ।

धुलाबारी महोत्सवमा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुतिले दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । सोमबार चर्चित र्यापर लाहुरेले आधा दर्जन गीतहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

२०८० कार्तिक १४, मंगलवार प्रकाशित 0 Minutes 152 Views

ताजा समाचार