२०८१ जेष्ठ ८ मंगलवार

झापाका कार्की आत्महत्या प्रकरण : श्रीमती र ससुराविरुद्ध मुद्दा दर्ता

झापा । कमल गाउँपालिका–६ निवासी ३६ वर्षीय अनिल कार्कीको आत्महत्या प्रकरणमा संलग्न भएको भन्दै श्रीमती र ससुराविरुद्ध मुद्दा दर्ता भएको छ ।

वडाअध्यक्ष नरेन्द्र भट्टराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाध्यक्षको नाम हटाएर दुई जनाविरुद्ध मात्र आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको हो । प्रहरीले सो घटनामा मृतककी श्रीमती चाहना पोख्रेलसहित उनका बुबा पुण्यप्रसाद पोख्रेललाई नियन्त्रणमा लिएर आज नै जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले बताए ।

कार्की आत्महत्यामा उनकी श्रीमतीसहित ससुराको हात रहेको भन्दै उनीहरुविरुद्ध उनका मामा खेमबहादुर बुढाथोकीले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गर्दा बिहानै देखि त्यहाँ आफन्तहरूले प्रदर्शन गरेका थिए । ३४ वर्षीय कार्की हिजो साँझ घरमै झुन्डिएको अवस्थामा फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । त्यसपछि कार्कीका आफन्तले शव बुझ्न मानेका थिएनन् । कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र उनीहरूको कलहकै कारण आत्महत्या गरेको हुनसक्ने कार्कीका मामा बुढाथोकीले बताए ।

केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । दसैँ बिदामा घर आएका कार्कीमाथि टिकाकै दिन श्रीमती, वडाअध्यक्ष भट्टराईसहितले कुटपिट गरेको भन्दै दमक प्रहरीमा निवेदन समेत दिएका थिए ।

सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भने पनि वडाअध्यक्ष नभ्याउने भएपछि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयी मृत्यु भएको हो । दमक प्रहरीले कार्कीको शव पोस्टमार्टमका लागि राति नै धरान पठाएको जनाएको छ । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दै आएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताइएको छ । टाइम्स अफ प्रदेशबाट

२०८० कार्तिक १३, सोमबार प्रकाशित 0 Minutes 293 Views

ताजा समाचार