१३ कात्तिक, काठमाडौं । सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।
छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
आजका लागि तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



